नियम ६८
लिखित प्रतिवाद गर्न सक्ने
नियम ६७ बमोजिम म्याद वा सूचना प्राप्त गर्ने प्रत्यर्थी वा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं बमोजिम झिकाइएको प्रत्यर्थीले चाहेमा अदालतमा उपस्थित भई पुनरावेदन, पुनरावलोकनको निवेदन, दोहोर्‍याई पाउँ भन्ने निवेदन र पुनरावेदनको अनुमतिको निवेदन तथा अदालतको आदेशलाई अनुसूची–३ बमोजिमको दस्तुर सहित लिखित रूपमा प्रतिवाद गर्न सक्नेछ ।